एजेन्सी । जर्मन मिडफिल्डर इल्के गुन्डुगान सन् २०२३ सम्म इन्ग्लिश क्लब म्यानचेस्टर सिटीमा रहने भएका छन् ।
गुन्डुगानले शुक्रबार क्लबसँगको सम्झौतामा नविकरण गरेका छन् । गुन्डुगानले सिटीसँग थप चार वर्षको नयाँ सम्झौता गरेका छन् ।
'क्लबसँगको नयाँ सम्झौतामा म धेरै खुसी छु । नयाँ सिजनका लागि म निकै उत्साहित छु,' गुन्डुगानले सम्झौतापछि भने ।
२८ वर्षे गुन्डुगान सन् २०१६ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सिटी आएका हुन् । सिटीबाट उनले ११४ खेलमा १७ गोल गरेका छन् ।