• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ खेल्न मनिष भदौ तेस्रो साता नेपाल आईपुग्ने
खेलपाटी संवाददाता
शुक्रबार, साउन २४, २०७६ खेलपाटी संवाददाता
साफ खेल्न मनिष भदौ तेस्रो साता नेपाल आईपुग्ने

काठमाडौं । घरेलु मैदानमा हुने साफ यू–१८ फुटबल च्याम्पियनसिप खेल्न मनिष डाँगी भदौ तेस्रो साता मात्रै नेपाल आईपुग्ने भएका छन् ।

कोरियाको फुटबल एकेडेमीमा ब्यस्त रहेका मनिष नेपालमा आयोजना हुन लागेको तेस्रो संस्करणको प्रतियोगितामा खेल्न भदौको तेस्रो साता मात्र नेपाल आउने भएका हुन् ।

साफ फुटबलको तयारीका लागि ४६ सदस्यीय प्रारम्भिक टोलीले अहिले प्रशिक्षण गरिरहेको छ ।

मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले मनिषलाई प्रारम्भिक टोलीमा बोलाएका छन् ।

उनी पहिलो पटक नेपालको उमेर समुहको प्रतियोगिताको प्रारम्भिक टोलीमा छनोट भएका हुन् । साफ खेल्न मनिष भदौ १६ गते नेपाल आईपुग्ने कार्यक्रम रहेको छ । नेपाली टिमले प्रतियागिताको लागि साउन १९ बाट जावलाखेल युथ क्लबको मैदानमा तयारी सुरु गरिसकेको छ ।

साफको प्रराम्भिक टोलीमा सहभागी हुन मनिष हिजाे (बिहिबार) आउने कार्यक्रम थियो । तर क्लबको व्यस्तताको कारण मनिष नेपाल आउने तालिका सरेको मनिषकी आमा रिता गुरुङ डाँगीले खेलपाटीलाई बताईन् ।

‘सुरुमा आज आउने कुरा थियो । क्लबमा ब्यस्त छ । क्लबले पनि छाड्न मानेन । सोही कारण अब ढिला हुने भयो ।’ उनले भनिन् ।

साफ अन्डर १८ काठमाडौंका स्वयम्भुस्थित हलचोक मैदानमा हुदैछ । समुह एमा रहेको नेपालले उद्घाटन खेलमा असोज ३ गते पाकिस्तानसंग खेल्नेछ । दोस्रो खेल ५ गते माल्दिभ्ससँग र तेस्रो खेलमा ७ गते भुटानसँग खेल्नेछ । फाइनल खेल असोज १२ गते हुनेछ ।

को हुन मनिष ?

चैत पहिलो साताबाट सुरु भएको सी डिभिजन लिगमा घरेलु फुटबलमा देखिएका मनिषले आफुलाई प्रभावशाली खेलाडीको रुपमा प्रस्तुत गरेका थिए । लिगका अन्तिम खेलहरु खेलेका उनले खालीबारी युथलाई सी डिभिजन लिगको च्याम्पियन बनाएका थिए ।

उनी नेपाली नागरिकता बनाउन नेपाल आएका थिए । उनले खालीबारीलाई लिग च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका खेलेका थिए । उनले लिगको अन्तिम ३ खेलमा ५ गोल गरेका थिए ।

Image may contain: 1 person, outdoor

लिग लगत्तै उनले एएफसी कपको तयारीमा रहेको नेपालको लिग च्याम्पियन क्लब मनाङ मस्र्याङ्दी क्लबमा समेत 'ट्रायल' दिएका थिए ।

मनिष यतिबेला कोरियाको एकेडेमीमा ब्यस्त छन् । स्थानीय क्लबबाट खेलिरहेका उनले युरोपका क्लबहरुमा समेत 'ट्रायल' दिईरहेका छन् । सोही कारण उनी नेपाल आउन ढिला भएको हो । मनिषकी आमा रिताका अनुसार उनले अहिले कोरियाका विभिन्न क्लबमा 'ट्रायल' दिईरहेका छन् ।

‘क्लबको खेल चलिरहेको छ । त्यसैले क्लबले केही ढिला पठाउने भएको हो । अन्य क्लबको 'ट्रायल'मा समेत मनिष सहभागी छ ।’ उनले भनिन् ।

साफको तेस्रो संस्करणसम्म आईपुग्दा नेपाल दुई पटकको च्याम्पियन हो । प्रतियोगितामा नेपाल 'ह्याट्रिक' गर्ने दाउमा छ । मनिषको आगमनसंगै नेपालले उपाधिमा ह्याट्रिक गर्ने आश फुटबल समर्थकले गरेका छन् ।

प्रारम्भिक प्रशिक्षणमा समावेश नेपाली टिम :

गोलरक्षक : विशाल सुनार, रोहित कार्की, निशान खड्का, पुजन होना, आकाश रानाभाट, सुर्य अधिकारी ।

डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, युवेश थापा, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन, राजु पण्डित, विशाल राई ।

मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझि, सन्जिब लामा, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, आदित गुरुङ, श्यामु मुर्मु, सन्जु श्रेष्ठ, सम्राट सुनुवार, रोहन कार्की, मौसम सुब्बा ।

स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, कार्लाेस वखरीया, दर्शन गुरुङ, अभिषेक श्रेष्ठ, सन्जु सेन, क्रितिस रत्न छन्जु, मनिष डाँगी ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
केन्द्रमा मेसी
केन्द्रमा मेसी
फिनिसिङमा चिन्तित रेनुका
फिनिसिङमा चिन्तित रेनुका
श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल
श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल
बायर्नको भेट फेरि पिएसजीसँग
बायर्नको भेट फेरि पिएसजीसँग
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
आक्रमण लाइन मजबुत बनाउँदै चेल्सी
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन
आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन
केन्द्रमा मेसी
केन्द्रमा मेसी
फिनिसिङमा चिन्तित रेनुका
फिनिसिङमा चिन्तित रेनुका
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP