एजेन्सी । ईङ्लिस प्रिमियर लिगको नयाँ सिजन आज (शुक्रबार)बाट सुरु हुदैछ । उद्घाटन खेलमा लिरभपुलले नर्विच सिटीसंग खेल्दै लिगको सुरुवात गर्नेछ ।
खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ ।
प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले नवप्रवेशी क्लब नर्विचलाई घरेलु मैदानमा अतिथ्यता प्रदान गर्न लागेको हो । नर्विच यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो ।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको उपाधिमा चुनौती थप्न आफु तयार रहेको बताएका छन् ।
लिभरपुल गत सिजन मात्र एक अंकले पछाडी पर्दै उपाधि म्यानचेष्टर सिटीलाई सुम्पिएको थियो । तर च्याम्पियन्स लिगमा टोटेनहमलाई हराउँदै उपाधि जितेको थियो ।
‘महत्वपुर्ण बिषय भनेको पछिल्लो बर्ष हामीले च्याम्पियन्स लिगको उपाधि जित्ने टिमको रुपमा रहेका छौ । हामीलाई टिमको रुपमा रहन आवश्यक छ । कोही पनि हामीविरुद्व खेल्न चाहना नराखुन ।’ उनले भनेका छन्, ‘यो कुनै नाम र गुणस्तरले होइन । तर तिव्रताले हो ।’
लिभरपुलका फरवार्ड साडियो माने प्रि सिजनमा उपलब्ध नभएपनि नयाँ सिजनको पहिलो खेलमा मैदान उत्रनेछन् । जेम्स मिल्नरले चोटका कारण कम्युनिटी शिल्डको खेल गुमाएपनि अब मैदान फर्कन मिल्ने अवस्थामा छन् ।
तर नर्विचलाई भने खेलाडीको चोटले सताएको छ । उसका डिफेन्डर टिम क्लोस र क्रिस्टोफ जिमरमन तथा मिडफिल्डर एलेक्स टेटी र लुइस थाम्पसनले सिजनको पहिलो खेलमा गुमाउनेछन् ।