एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमले फुलहमका युवा विंगर रायन सेसेग्नोनलाई अनुबन्ध गरेको छ ।
टोटेनहमले इन्ग्लिश विंगर सेसेग्नोनलाई फुलहमबाट २५ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।
सेसेग्नोनले टोटेनहमसँग पाँच वर्षे सम्झौता गरेका छन् ।
इंग्ल्याण्डको यू-२१ टोलीका मुख्य खेलाडी सेसेग्नोनले फुलहमबाट १०६ खेलमा २२ गोल गरेका छन् ।