एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले सेल्टिकका डिफेन्डर केइरन टियरनीलाई अनुबन्ध गरेको छ ।
स्कटल्याण्डका डिफेन्डर टियरनीलाई आर्सनलले २५ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ ।
टियरनीले आर्सनलसँग लामो समयको सम्झौता गरेका बताईएको छ ।
२२ वर्षे डिफेन्डर टियरनी चोटका कारण गत मे बाट मैदान उत्रिएका छैनन् ।
यस्तै आर्सनलले अर्का डिफेन्डर डेभिड लुइजलाई समेत अनुबन्ध गरेको छ । ब्राजिलियन डिफेन्डर लुइजलाई आर्सनलले ८ मिलियनमा अनुबन्ध गरेको हो ।
लुइजले आर्सनलसँग दुई वर्षको सम्झौता गरेका छन् ।