एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले चेल्सीका डिफेन्डर डेभिड लुइजलाई अनुबन्ध गरेको छ ।
ब्राजिलियन डिफेन्डर लुइजलाई आर्सनलले ८ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
आर्सनलले लुइजसँग २ वर्षको सम्झौता गर्ने जनाएको छ । लुइजको मेडिकल बिहिबार हुने बीबीसीले जनाएको छ ।
सेन्टर डिफेन्डर लौरेन्ट कोसिएल्नी फ्रेन्च क्लब बोर्डूअक्स गएपछि आर्सनलले लुइजलाई ल्याएको हो ।