एजेन्सी । इन्ग्लिश क्लब आर्सनलले सेल्टिकका डिफेन्डर केइरन टियरनीलाई अनुबन्ध गर्ने भएको छ ।
स्कटल्याण्डका डिफेन्डर टियरनीलाई अनुबन्ध गर्न आर्सनल २५ मिलियन पाउण्ड तिर्न राजी भएको छ ।
आर्सनलसँग अनुबन्धबारे छलफल गर्न टियरनी बिहिबार लण्डन आउने छन् ।
यसअघि सेल्टिकले आर्सनलले गरेको दुई पटक बोलीलाई नकारेको थियो । तर, सेल्टिक २५ मिलियन पाउण्डमा टियरनी बेच्न राजी भएको छ ।
२२ वर्षे डिफेन्डर टियरनी चोटका कारण गत मे बाट मैदान उत्रिएका छैनन् ।