एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड रोमेरो लुकाकु इटालियन क्लब इन्टर मिलानमा अनुबन्ध हुने भएका छन् ।
इन्टरले राखेको शुल्कमा बेल्जियमका फरवार्ड लुकाकु बेच्न युनाईटेड सहमत भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।
फरवार्ड लुकाकुका लागि इन्टरले गरेको ७० मिलियन पाउण्डको प्रस्ताव युनाईटेडले स्विकार गरेको गार्जियनले जनाएको छ । यसअघि इन्टरले गरेको ५४ मिलियनको प्रस्ताव भने युनाईटेडले अस्विकार गरेको थियो । त्यसपछि इन्टरले ७० मिलियनको नयाँ प्रस्ताव गरेको थियो ।
यस्तै गार्जियनले लुकाकु बुधबार इटाली प्रस्थान गरेको र बिहिबार मेडिकल हुने जनाएको छ । त्यसपछि क्लबले लुकाकुलाई औपचारिक रुपमा घोषणा गर्ने जनाईएको छ ।
पछिल्लो समय प्रशिक्षक ओले गुनर सोल्सायरसँगको खटपटका कारण लुकाकुले क्लब छाड्ने मनसाय बनाएका थिए ।
२६ वर्षे लुकाकु सन् २०१७ मा एभर्टनबाट ७५ मिलियनमा युनाईटेड आएका हुन् । युनाईटेडबाट उनले ९६ खेलमा ४२ गोल गरेका छन् ।