एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज डिफेन्डर जोआ क्यान्सेलोलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग च्याम्पियन्स सिटीले क्यान्सेलोलाई ६० मिलियन पाउण्डमा इटालियन क्लब युभेन्ट्सबाट क्लब भित्र्याएको हो ।
सिटीले क्यान्सेलोलाई यस सिजन तेस्रो खेलाडीको रुपमा क्लबमा अनुबन्ध गरेको हो । यसअघि सिटीले रोड्री र एञ्जेलिनोलाई अनुबन्ध गरेको थियो ।
२५ वर्षे डिफेन्डर क्यान्सेलोले बुधबार सिटीसँग सम्झौता गरेका छन् । सम्झौतासँगै क्यान्सेलो सन् २०२५ सम्म सिटीमा रहने छन् ।
क्यान्सेलोले युभेन्ट्सबाट २५ खेलमा १ गोल गरेका थिए । पोर्चुगलबाट उनले १४ खेलमा ३ गोल गरिसकेका छन् । पोर्चुगलले नेसन्स लिग जित्दा क्यान्सेलो टिममा रहेका थिए ।