एजेन्सी । प्रि-सिजन अघिको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिडले जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा रियलले अष्ट्रियाको रेडबुल साल्ज्बर्गलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
साल्ज्बर्गको मैदान रेडबुल एरिनामा भएको खेलमा रियलका लागि इडेन हजार्डले निर्णायक गोल गरे । हजार्डले खेलको १९ औं मिनेटमा गोल गरेका थिए । उक्त गोल नै खेलमा निर्णायक बनेको थियो ।

रियलका लागि हजार्डको यो डेब्यु गोल हो । यसै सिजन इन्ग्लिश क्लब चेल्सीबाट रियल आएका हजार्डले क्लबका लागि पहिलो गोल गरेका हुन् ।
युरोपियन क्लब फुटबलको नयाँ सिजनको सुरुवातअघि टिमको तयारी गर्न रियल र साल्ज्बर्गले मैत्रीपूर्ण खेल खेलेको हो ।