एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब वाट्फोर्डले आर्सनलका फरवार्ड ड्यानी वेल्ब्याकलाई अनुबन्ध गरेको छ ।
वाट्फोर्डले इन्ग्लिश फरवार्ड वेल्ब्याकलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो । वेल्ब्याकले वाट्फोर्डसँग ३ बर्षको सम्झौता गरेका छन् ।
एङ्कल चोटका कारण २८ वर्षे फरवार्ड वेल्ब्याकले गत नोभेम्बरबाट मैदान उत्रिएका छैनन् ।
वेल्ब्याक सन् २०१४ मा म्यानचेस्टर युनाईटेडबाट आर्सनल आएका थिए । आर्सनलबाट उनले १२६ खेलमा ३२ गोल गरेका थिए ।
