एजेन्सी । जर्मनीको राष्ट्रिय टिमका मिडफिल्डर टोनी क्रुसले युरो कपपछि राष्ट्रिय टिमबाट सन्यास लिने चाहना राखेका छन् । जर्मनीलाई विश्व कप जिताएका क्रुसले अर्को बर्ष हुने युरो कपपछि सन्यास लिने योजना बनाएको बताएका हुन् ।
‘युरो कपपछि सन्यासको बिषयमा सोच्ने उपयुक्त समय हो ।’ क्रुसले भनेका छन् ।
रियल मड्रिडका मिडफिल्डरले अर्को बर्ष ३० बर्षको जन्म दिन मनाउँदैछन् ।
क्रुसले युरो कपको उपाधि जित्नु आफ्नो लागि ठुलो लक्ष्य रहेको उल्लेख गरेका छन् ।
‘पक्कैपनि उपाधि जित्नु सबै भन्दा ठुलो सफलता हो ।’ उनले भनेका छन् ।
उनले रुसी विश्वकपको पहिलो चरणबाट बाहिरिएपछि जर्मनीको टिमको प्रर्दशनमा धेरै परिवर्तन आएको समेत उल्लेख गरेका छन् ।
‘नेसन्स लिगमा समेत, जो आफैमा महत्वपुर्ण प्रतियोगिता हैन । हाम्रो खेल्ने शैलीमा केही भिन्नता आएको छ । तर त्यो नतिजामा परिवर्तन आएको छैन ।’ उनले भने ।
उनले जर्मनी युवाको टिम भएको उल्लेख गर्दै त्यहाँ अनुभवको कमी रहेको बताए ।
‘हामीसंग ५, ६ बर्ष संगै खेलेको टिम छैन । भर्खरै डेढ, दुई बर्ष हामीले संगै खेलेका छौ ।’ उनले भनेका छन् ।