एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब आर्सनलका डिफेन्डर कार्ल जेन्किन्सनलाई च्याम्पियनसिप क्लब नटिङघम फरेस्टले अनुबन्ध गरेको छ ।
इन्ग्लिश डिफेन्डर जेन्किन्सनलाई नटिङघमले २ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । नटिङघमले बिहिबार जेन्किन्सनसँग ३ बर्षको सम्झौता गरेको छ ।
२७ वर्षे डिफेन्डर जेन्किन्सन चार्ल्टन एथ्लेटिकबाट सन् २०११ मा आर्सनल आएका थिए । आर्सनलबाट जेन्किन्सनले ७० खेल खेलेका थिए ।
जेन्किन्सनले इंग्ल्याण्डबाट एक खेल खेलेका छन् । जेन्किन्सनले सन् २०१२ मा स्विडेनविरुद्ध खेलेका थिए ।