काठमाडौं । भारतमा आयोजना हुने साफ यू-१५ फुटबल च्याम्पियनसिपका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
भारतको कल्याणीमा हुने साफ यू-१५ का लागि नेपालले बुधबार २३ सदस्सीय टिमको घोषणा गरेको हो। मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ, सहायक प्रशिक्षक राज कुमार केसी र गोलकिपर प्रशिक्षक विनोद महर्जनले ५२ खेलाडीबाट नेपाली टोलीको घोषणा गरेको हो ।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटान गरि पाँच राष्ट्रले राउण्ड रोबिनको आधारमा खेल्नेछ । लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।
नेपालले पहिलो खेल भारतसँग अगष्ट २१ मा खेल्नेछ । यस्तै अगष्ट २३ मा श्रीलंका, अगष्ट २७ मा बंगलादेश र अगष्ट २९ मा भुटानसँग खेल्नेछ ।
फाइनल खेल अगष्ट ३१ मा हुनेछ ।
गत वर्ष घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल चौंथो भएको थियो ।
नेपाली टिम :
गोलकिपर : ईश्वर गुरुङ, मोनोज दाहाल, जिनियस केसी
डिफेन्डर : प्रज्ञान महर्जन, अविशेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बु, रोशन थापा
मिडफिल्डर : जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेस श्रेष्ठ, अशिम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई
फरवार्ड : कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी, शशांक बोहरा