एजेन्सी । उरुग्वे तथा इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका पूर्व फरवार्ड डियगो फोर्लानले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
४० वर्षिय फोर्लानले बुधबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
'यो त्यस्तै सहज छैन । म यो समय आएको चाहन्न । तर, मलाई थाहा छ यो समय आएको छ,' फोर्लानले सन्यास घोषणा गर्दै भने, 'मैले व्यवसायिक फुटबल रोक्ने निर्णय गरेको छु ।'
फोर्लानले अन्तराष्ट्रिय फुटबलबाट भने सन् २०१४ को विश्वकपपछि सन्यास घोषणा गरेका थिए । फोर्लानले उरुग्वेबाट ११२ खेलमा ३६ गोल गरेका थिए ।
फोर्लानले सन् २००२ बाट २००४ सम्म युनाईटेडबाट ६३ खेलबाट १० गोल गरेका थिए । त्यसपछि भिया रियल गएका फोर्लानले त्यहाँ १०६ खेल खेलेका थिए ।
फोर्लानले सन् २००७ देखि ११ सम्म एट्लेटिको मड्रिडबाट खेलेका थिए । जहाँ १३४ खेलमा ७४ गोल गरेका थिए ।
पछिल्लो समय फोर्लानले गत सिजन हङकङको क्लब किट्चीबाट खेलेका थिए ।