एजेन्सी । आर्सनलका सेन्टर डिफेन्डर लौरेन्ट कोसिएल्नी फ्रेन्च क्लब बोर्डूअक्समा अनुबन्धित भएका छन् ।
फ्रेन्च डिफेन्डर कोसिएल्नीलाई लिग वन क्लब बोर्डूअक्सले ५ मिलियन युरो माथिको रकममा अनुबन्ध गरेको बीबीसीले जनाएको छ । उनको बोर्डूअक्समा मंगलबार मेडिकल भएको र क्लबले चाडै सार्वजनिक गर्ने जनाएको छ ।
आर्सनलको कप्तानी समेत गरिसकेका कोसिएल्नीले क्लबमा ९ वर्ष बिताएका थिए । उनले आर्सनलबाट ३ सय बढी खेल खेलेका छन् । उनले आर्सनलका लागि २२ गोल समेत गरेका छन् ।