काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्तालाई पराजित गर्दै पीएसएम मकासरले पियाला इन्डोनेसिया कपको उपाधि जितेको छ ।
मंगलबार भएको फाइनलको दोस्रो लेगमा जकार्तालाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-१ को जितसहित मकासरले उपाधि जितेको हो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा भने जकार्ताले १-० को अग्रता बनाएको थियो । तर, दोस्रो लेगमा जकार्ताले गोल गर्न सकेनन् ।
मकासरलाई उपाधि दिलाउन आरोन इभान्स र जुलहम जाम्रनले एक एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा इभान्सले गोल गर्दै मकासरलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५० औं मिनेटमा जुलहमले गोल गर्दै मकासरलाई उपाधि दिलाए ।