एजेन्सी । इटालियन क्लब युभेन्ट्सले नयाँ सिजनमा प्रयोग हुने तेस्रो जर्सी सार्वजनिक गरेको छ ।
युभेन्ट्सले मंगलबार सन् २०१९/२० मा प्रयोग हुने तेस्रो जर्सी सार्वजनिक गरेको हो । युभेन्ट्सले होम र अवे जर्सी भने यसअघि नै सार्वजनिक गरिसकेको छ ।
युभेन्ट्सले एडिडास कम्पनीले बनाएको तेस्रो जर्सी सार्वजनिक गरेको हो । युभेन्ट्सले नयाँ जर्सीको बिक्रि सुरु भईसकेको समेत जनाएको छ ।

