एजेन्सी । म्यानचेष्टर युनाईटेडले टोटेनहमका क्रिस्टियन ईरिक्सेनलाई अनुबन्धन गर्ने गरि प्रक्रिया अघि बढाएको छ । युनाईटेडले खेलाडी सरुवाको अन्तिम समय बिहिबारसम्म प्रक्रिया पुरा हुने गरि ईरिक्सेनलाई क्लबमा भित्राउने प्रक्रिया अघि बढाएको हो ।
युनाईटेडले बिहिबार अगाडीनै टोटेनहमका स्टार मिडफिल्डरलाई क्लबमा भित्राउन सकिने आश गरेको छ । २७ बर्षका ईरिक्सेनलाई युनाईटेडले मुख्य लक्ष्य बनाएका हो ।
युनाईटेडलाई खेलाडी भित्राउनका लागि बिहिबारसम्मको समय छ । उसले खेलाडी बेच्न भने सेप्टेम्बर २ सम्मै पाउनेछ । युनाईटेडका पाउल पोग्बा पछिल्लो समय ओल्डट्राफोर्ड छाड्ने मनसायमा छन् ।
जर्मन, ईटाली, स्पेन र फ्रान्सको विन्डो भने ईङ्ल्याण्डको तीन साता पछि मात्र बन्द हुनेछ ।
टोटेनहमले स्पोर्टिङ लिस्बोनका ब्रुनो फर्नान्डिसलाई सम्भावित खेलाडीको सुचिमा राखेको छ । टोटेनहमले रियल वेटिसका जियोवानी लो सेलोसंग समेत जोडिएर बसेको छ ।

ईरिक्सेन रियल मड्रिड जाने सम्भावना बढी थियो । तर स्पेनिस महारथीले उनी भन्दा पाउल पोग्बा र अजाक्सका डोनी भान डी विकमा धेरै ईच्छा देखाएको छ ।
ईरिक्सेनलाई युभेन्ट्स र एट्लेटिको मड्रिडले समेत अनुबन्धनको ईच्छा देखाएका छन् । क्लबसंग ईरिक्सेनको सम्झौता अर्को बर्ष सकिदैछ । सोही कारण टोटेनहम अर्को सिजन कुनै खतरा मोल्न चाहदैन ।
क्लबले विन्डोज सुरु हुनु अघि ईरिक्सेनकालागि सुरुवातमा १ सय ३० मिलियनको पाउण्डको मुल्य राखेको थियो । युनाईटेडले करिब आधा रकम ईरिक्सेनका लागि प्रस्ताव गर्न सक्नेछ ।