एजेन्सी । क्रिस्टल प्यालेसले लण्डन क्लब चेल्सीका पुर्व खेलाडी ग्यारी काहिललाई दुई बर्षका लागि अनुबन्धन गरेको छ । ३३ बर्षका खेलाडीलाई क्रिस्टल प्यालेसले दुई बर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।
लण्डन क्लब चेल्सीसंग काहिलको सम्झौता जुनमा सकिएको थियो । लगत्तै क्लबले उनलाई रिलिज गरिदिएको थियो ।
काहिल यसअघि वर्नली जाने तयारी गरेका थिए । तर क्रिस्टलले दुई बर्षको सम्झौता सहित काहिललाई क्लबमा अनुबन्धन गर्न सफल भएको छ ।

‘जबसम्म सम्भव छ । मेरो करियरलाई अझ लामो बनाउन म भोको छु । मलाई यस्तो लाग्छ, म जहाँबाट खेलेपनि, म निकै राम्रो आकारमा छु । म यो सोच्न चाहन्छु, म १ सय १० प्रतिशत दिन चाहन्छु र सबै चिज छोडी दिनेछु । त्यसैले मेरा प्रशिक्षक, खेलाडी साथी र प्रशंसकका लागि समेत यो राम्रो हुनेछ ।’ उनले भने ।
काहिलले करिब साढे ७ बर्ष लण्डन क्लब चेल्सीमा बिताएका थिए । उनले आफुलाई मुख्य भुमिकामा चेल्सीमा स्थापित गराएका थिए । उनले दुई प्रिमियर लिगको उपाधि र एक च्याम्पियन्स ट्रफी समेत जितेका थिए ।