• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
साफ यू-१८ : नेपाललाई उपाधि जोगाउने चुनौती
नमीन ढकाल
मंगलबार, साउन २१, २०७६ नमीन ढकाल
साफ यू-१८ : नेपाललाई उपाधि जोगाउने चुनौती
साफ यु १८ को तयारीमा रहेको नेपाली फुटबल टिम । फोटो : खेलपाटी ।

काठमाडौं । उमेर समूहको साफ च्याम्पियनसिपको पछिल्लो दुई संस्करणको उपाधि नेपालले हात पारिसकेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सन् २०१५ मा आयोजना गरेको यू–१९ र २०१७ मा आयोजना गरेको यू–१८ साफ च्याम्पियनसिप नेपाल जितेको थियो ।

काठमाडौंमा सम्पन्न यू–१९ साफमा नेपालले भारतलाई हराएर उपाधि जितेको थियो । साे उपाधि जित्दा हाल राष्ट्रिय टिममा रहेका विमल घर्ति मगर, अन्जन विष्ट, तेज तामाङ, सुनिल बल, अनन्त तामाङ, हेमन्त थापा मगर लगायतका खेलाडी रहेका थिए ।

यस्तै भुटानमा भएको यू-१८ साफमा नेपालले हेड टु हेडको आधारमा उपाधि जितेको थियो । राउण्ड रोविनको आधारमा खेलाईएको प्रतियोगितामा बंगलादेश र नेपालले समान ९–९ अंक जोडेको थियो ।

तर, लिग चरणमा नेपालले बंगलादेशलाई पराजित गरेको कारण 'हेड टु हेड' का आधारमा नेपाल च्याम्पियन भयो । साफले यू-१९ लाई परिमार्जन गर्दै भुटानबाट यू–१८ आयोजना गरेको थियो ।

साफ यू-१८ जित्दा अभिषेक रिजाल, सुमन अर्याल जस्ता राष्ट्रिय टोलीका सदस्य रहेका थिए । साफ यू-१८ को तेस्रो संस्करण भने नेपालमै आयोजना हुँदैछ ।

Image may contain: 9 people, people smiling, outdoor

आगामी सेप्टेम्बर २० देखि २९ सम्म चल्ने प्रतियोगिता हलचाेकस्थित शसस्त्र प्रहरी बल एपीएफको हल्चोक मैदानमा हुनेछ । तर, मैदान अभावको कारण नेपालले निकै ढिलो तयारी सुरु गरेको छ ।

जसको कारण घरेलु भूमिमा आयोजना हुने साफ यू-१८ को उपाधि जोगाउन नेपाललाई निकै कठिन देखिएको छ । प्रतियोगिता आउन ४५ दिनमात्रै रहँदा नेपालले आइतबारबाट जावलाखेलस्थित जावलाखेल युथ क्लबको मैदानमा तयारी सुरु गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली हेर्ने जिम्मा मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठलाई दिएको छ । यस्तै सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छत्रुराम चौधरी रहेका छन् ।

‘मैदान अभावका कारण हामीले तयारी पनि ढिला गर्न पुग्यौ । अहिले जावलाखेलको मैदानमा सुरु गरेको छौं । मैदान खाली भएपछि एन्फा मैदानमा नै तयारी गर्नेछौं,’ प्रशिक्षक श्रेष्ठले भने ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स निकै व्यस्त रहेको छ । जसको कारण नेपाली टोलीले जावलाखेल मैदानमा तयारी सुरु गरेको हो । तर, जावलाखेल मैदानमा सामान्य घाँस उमार्ने काम र खाल्टाखुल्टी पुर्ने काम भैरहेकाले युवा टिमको तयारीमा असर गरेको छ ।

Image may contain: one or more people, people standing, grass, sky, child, outdoor and nature

नेपाल मैदानको अभावकोबीच तयारीमा रहदा अन्य देशले भने निकै राम्रो तयारी गरिरहेको छन् । प्रतियोगिताको दाबेदार मानिएको भारत अहिले युरोप भ्रमणमा रहको छ । उसले टर्कीमा तयारी गरिरहेको छ । नेपालकाे भने कुनै वैदेशिक प्रशिक्षणको टुङ्गाे लागेकाे छैन । 

मुख्य प्रशिक्षक श्रेष्ठले अब टिमले वैदेशिक प्रशिक्षण गर्ने सम्भावना निकै कम रहेको बताउँछन् ।

‘सम्भवत हाम्रो बाहिरी टिमसँग मैत्रीपूर्ण खेल्ने सम्भावना निकै कम रहेको छ । अब हामी यहाँका राम्रो क्लबसँग रहेर तयारी गर्छाैं ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘भारत लगायत बंगलादेश पनि राम्रो तयारी गरिरहेको छ । हाम्रो हुन सकेन अब कसरी हुन्छ । हामी राम्रो गर्ने तिर लाग्छौ ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP