एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले इन्ग्लिश डिफेन्डर ह्यारी मगायरलाई अनुबन्ध गरेको छ ।
युनाईटेडले मगायरलाई लेष्टर सिटीबाट अनुबन्ध गरेको हो । युनाईटेड र मगायरले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । युनाईटेडसँग मगायरले ६ वर्षे सम्झौता गरेका छन् ।

सेन्टर ब्याक मगायरलाई युनाईटेडले ८० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
युनाईटेडसँग औपचारिक सम्झौता भएसँगै मगायर विश्वका सर्वाधिक महँगा डिफेन्डर बनेका छन् । उनले लिभरपुलका भिर्गिल भान डायकलाई पछि पारे ।