एजेन्सी । टोटनह्यामका मिडफिल्डर डेली अलीले इन्ग्लिश प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको सुरुवाती खेल गुमाउने भएका छन् ।
ह्यामिस्ट्रिङ चोटको कारण अलीले प्रिमियर लिगको सुरुवाती खेल गुमाउने भएका हुन् । टोटनह्यामका प्रशिक्षक मौरिसियो पोचेटिनोले अलीले सिजनको पहिलो खेल गुमाउने पक्का भएको बताए ।
'पक्कै पनि हामी चिन्तित छौँ । उ अझै युवा छन् । तर, पछिल्लो केहि वर्षयता उनी ह्यामिस्ट्रिङ चोटले ग्रसित छ,' प्रशिक्षक पोचेटिनोले भने, 'यो सामान्य चोट हो । केहि हप्तापछि उनी उपलब्ध हुनेछन् ।
प्रि-सिजन अन्तर्गत आइतबार इन्टर मिलानविरुद्धको मैत्रीपूर्ण खेलमा समेत २३ वर्षे अली मैदान उत्रिएका थिएनन् । उक्त खेलमा टोटेनहम पेनाल्टीमा ४-३ ले पराजित भएको थियो ।