एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले गत सिजन च्याम्पियन्स लिगमा क्लबले गरेको प्रदर्शनमा कुनै पछुतो नरहेको बताएका छन् ।
मेस्सीले आगामी सिजनको च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बताउँदै अघिल्लो सिजनको प्रदर्शनमा आफुलाई पश्चताप नरहेको बताए ।
'गत सिजनबारे भन्न निकै गाह्रो हुन्छ । तर, मलाई कुनै पछुतो छैन,' ३२ वर्षे कप्तान मेस्सीले भने ।
गत सिजन बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको थियो । बार्सिलोना सेमिफाइनलमा इन्ग्लिश क्लब लिभरपुलसँग समग्रमा ४-३ ले पराजित भएको थियो ।
पहिलो लेगमा ३-० को जित निकालेपनि दोस्रो लेगमा बार्सिलोना ४-० ले पराजित भएको थियो ।
बार्सिलोनाले सन् २०१५ पछि च्याम्पियन्स लिग जित्न सकेको छैन । तर, पाँच पटकको बालोन डी'ओर विजेता मेस्सीले यस सिजन क्लबले उपाधि जित्ने लक्ष्य लिएको बताए ।
'म यो टिम र टिमको खेलाडीमा विश्वास गर्छु । किनकि हामी हरेक कुराका लागि संघर्ष गर्छौं,' मेस्सीले थपे, 'हामीले ११ वर्षमा अथ लिग उपाधि जितेका छौँ ।'
यस्तै मेस्सीले यस सिजन च्याम्पियन्स लिग जित्ने आशालाई कायम राखेको र सुरुवातका लागि निकै उत्साहित रहेको बताए ।