काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड बिमल घर्तिमगरको गोलमा टिसी स्पाेर्ट्सले धिवेही प्रिमियर लिगमा बराबरी खेलेको छ ।
आईतबार राति भएको खेलमा टिसीले डा ग्रान्डी स्पाेर्ट्स क्लबसंग १–१ गोलको बराबरी खेलेको हो ।
३६ औ मिनेटमा बिमलले गोल गर्दै टिसीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै डा ग्रान्डी खेलमा फर्किएको थियो । पाहुना टोलीका लागि ओवाईदा खातुमले गोल फर्काएका थिए ।

बराबरीपछि बिमल सम्मिलित टिसी ६ खेलबाट ९ अंक सहित चौथो स्थानमा उक्लिएको छ । डा ग्रान्डी तालिकाको दोस्रो स्थानमा यथावत छ ।