एजेन्सी । म्यानचेष्टर युनाईटेडले युभेन्ट्सका फरवार्ड पाउलो ड्याबालालाई अनुबन्धन गर्ने प्रयास असफल भएको छ । युभेन्ट्सका फरवार्ड ड्याबालाको तलबको माग सम्बोधन गर्न नसकिने भन्दै युनाईटेडले अर्जेन्टिनी फरवार्ड भित्राउने योजनाको अन्त्य गरिदिएको हो ।
युनाईटेडले २५ बर्षका अर्जेन्टिनी फरवार्डलाई रोमेलु लुकाकुसंग साटफेर गर्न सकिने विकल्प सहित प्रस्ताव अघि सारेको थियो । तर ड्याबालाले युनाईटेड जान राखेको तलब माग पुरा गर्न नसकिने भएपछि प्रिमियर लिग क्लब पछाडी हटेको हो ।
प्रशिक्षक ओले गुनर सोल्सायर युवा तथा जितको भोक भएको खेलाडीको रुपमा ड्याबालालाई युनाईटेड ल्याउन ईच्छुक देखिएका थिए ।
ड्याबाला सन् २०१५ मा पलेर्मोबाट युभेन्ट्स आएका थिए । उनले पछिल्लो सिजन १० गोलमात्र गरेका थिए । उनले च्याम्पियन्स लिगको समुह चरणको खेलमा युनाईटेडविरुद्व पहिलो लेगको खेलमा गोल गर्न सफल भएका थिए ।
यता बेल्जियमका अन्तराष्ट्रिय खेलाडी रोमेलु लुकाकुको समेत युनाईटेडमा भविष्य अनिश्चित देखिएको छ । उनी सन् २०१७ मा एभर्टनबाट ७५ मिलियन पाउण्डमा युनाईटेड आएका थिए । उनले लिगको पछिल्लो खेलमा १२ गोल गरेका थिए ।
पछिल्लो महिना युनाईटेडले सिरि ए क्लब ईन्टर मिलानले लुकाकुलाई अनुबन्धन गर्न राखेको करिब ५४ मिलियन पाउण्डको प्रस्ताव अस्विकार गरेको थियो ।
प्रशिक्षक सोल्सायरले फ्रान्सेली मिडफिल्डर युनाईटेडमा रहनेमा कुनै संका नरहेको बताउँदै उनी क्लबका लागि खेल्न ईच्छुक रहेको दाबी गरेका छन् ।
पोग्बा समेत पछिल्लो समय स्पेनिस महारथी क्लब रियल मड्रिडसंग जोडिएका छन् । युनाईटेडले भर्खरै ईङ्ल्याण्डका सेन्टर ब्याक ह्यारी मेगोईरलाई कीर्तिमानी मुल्यमा क्लबमा ल्याउने बिषयमा सहमती गरेको छ ।