एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा इन्टर मिलानले इन्ग्लिश क्लब टोटेनहमलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा इटालियन क्लब इन्टरले टोटेनहमलाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गरेको हो ।
खेलको निरधारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । पेनाल्टीमा इन्टर सफल भयो ।
खेलको तेस्रो मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३६ औ मिनेटमा स्टेफानो सेन्सीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित समयको खेल बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।