एजेन्सी । म्यानचेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । आईतबार भएको खेलमा लिभरपुललाई पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधिको रुपमा कम्युनिटी शिल्ड जितेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरमा गरिएको थियो । टाईब्रेकरमा सिटीले ५–४ को जित निकाल्न सफल भयो ।
खेलको १२ औ मिनेटमा लिभरपुलका पुर्व खेलाडी रहीम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७७ औ मिनेटमा माटिपले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

गत सिजनको प्रिमियर लिगको विजेता सिटी र च्याम्पियन्स लिगको विजेता लिभरपुल कम्युनिटी शिल्डको उपाधिका लागि भिडेका हुन् ।