एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जित निकालेको छ ।
शनिबार राति भएको खेलमा एट्लेटिकोले मेक्सिकन क्लब एट्लेटिको डी सान लुइसलाई २-१ गोल अन्तरले हराएको हो ।
मेक्सिकन क्लबविरुद्ध एट्लेटिकोले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । खेलको ११ औं मिनेटमा निकोलस इबानेजले गोल गर्दै सान लुइसलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा एट्लेटिको मड्रिड खेलमा फर्किएको थियो । खेलको ७२ औं मिनेटमा सेर्गियो कामेलोले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा सान लुइसका जुवान एन्टोनियोले आत्मघाती गोल गर्दा एट्लेटिकोले २-१ को जित निकालेको हो ।
नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न एट्लेटिकोले सान लुइससँग मैत्रिपूर्ण खेल खेलेको हो ।