एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले ईन्टरनेश्नल च्याम्पियन्स कपमा एसी मिलानलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले मिलान क्लबलाई पेनाल्टी सुटआउटमा हराएको हो ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा युनाईटेडले बाजी मार्यो ।
मार्कुस रासफोर्डले १४ औ मिनेटमा युनाईटेडलाई जित दिलाएका थिए । २६ औ मिनेटमा सुसोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

६० औ मिनेटमा भिक्टोर निल्सन लिन्डेलोफले आत्मघाति गोल गरेपछि मिलान क्लबले अग्रता बनाएको थियो । ७२ औ मिनेटमा जिसे लिङगार्डले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
निर्धारित समयको खेल बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा युनाईटेडले ५–४ गोल अन्तरले बाजी मारेको थियो ।