एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्ग्लिश क्लब चेल्सीले बराबरी खेलेको छ ।
शनिबार भएको खेलमा चेल्सीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचसँग २-२ गोलको बराबरी खेलेको हो ।
बोरुसियाको मैदानमा घरेलु टोलीले बनाएको दुई गोलको अग्रता उल्टाएर चेल्सीले बराबरी खेलेको हो ।
चेल्सीका लागि टामी अब्राहम र रोस बार्क्लीले एक एक गोल गरे । बोरुसियाका अल्साने प्लेए र जोनास होफमानले एक एक गोल गरे ।
नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न चेल्सीले बोरुसियासँग मैत्रिपूर्ण खेल खेलेको हो ।