एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा रेनसलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले सिजनको पहिलो उपाधि जितेको हो ।
पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे र एन्जल डी मारियाले एक एक गोल गरे । रेनसका एड्रीन होन्युले एक गोल फर्काए ।

योसँगै पीएसजीले किर्तीमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । पीएसजी लियोनलाई पछि पार्दै सर्वाधिक धेरै पटक फ्रेन्च सुपर कप जित्ने टिम बनेको हो । लियोनले आठ पटक फ्रेन्च सुपर कप जितेको छ ।
फ्रान्सको लिग वान विजेता र फ्रेन्च कप विजेता टिमबीच फ्रेन्च सुपर कप हुने गर्छ । गत सिजन पीएसजीले लिग र रेनसले फ्रेन्च कप जितेको थियो ।