काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार भएको खेलमा जकार्ताले अरिमासँग २-२ गोलको बराबरी खेलेको हो ।
जकार्ताको लागि मार्को सिमिक र नोभ्री सेटिवानले एक एक गोल गरे । अरिमाको लागि हानिफ र अहमद नुरले एक एक गोल गरे ।
अरिमाविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
यो बराबरीसँगै साविकको विजेता समेत रहेको जकार्ताले ८ खेलबाट ७ अंक जोडेको छ । यस सिजन खराब लयमा रहेको जकार्ताले १ मात्र खेलमा जित निकालेको छ ।
जकार्ता लिगको १७ औं स्थानमा छ । अरिमाको ११ खेलबाट १९ अंक रहेको छ । अरिमा चौंथो स्थानमा छ ।