एजेन्सी । लण्डन क्लब आर्सनलले आईभरी कोस्टका विङ्गर निकोलस पेपेलाई क्लबको कीर्तिमानी मुल्यमा अनुबन्धन गर्ने भएको छ । प्रिमियर लिग क्लब आर्सनलले लिलीका विङ्गर पेपेलाई कीर्तिमानी ७२ मिलियन पाउण्ड खर्च गर्न तयार भएको हो ।
२४ बर्षका खेलाडीले ईमिरेट्स स्टेडियमसंग ५ बर्षको सम्झौता गर्नेछन् । उनको मेडिकलको प्रक्रिया आगामी मंगलबार हुनेछ ।
पेपेले लिग वानमा लिलीमा ७४ खेल खेल्दै ३५ गोल गरेका छन् । उनी सन् २०१७ मा एन्जर्सबाट लिलीमा जोडिएका थिए ।
‘यो निकै भावनात्मक क्षण हो ।’ पेपेले भने, ‘मैले लामो दुरी पार गरेर आए र निकै धेरै संघर्ष गरे । एउटा ठुलो क्लबसंग हस्ताक्षर गरे । यो मेरोलागि ठुलो सम्मानको कुरा हो ।’
‘सही निर्णय लिनु निकै महत्वपुर्ण हुन्छ । आर्सनलसंग जोडिने निर्णय मेरा लागि निकै सही छ ।’ उनले थपे ।
गत सिजन पेरिस सेन्ट जर्मेन पीएसजीका केलियन एम्बाप्पे पछाडी गोल गर्ने र गोलको अवसर सिर्जना गर्नेमा पेपे थिए । उनले आर्सनलमा १९ नम्बरको जर्सी लगाउनेछन् ।