एजेन्सी । प्रि–सिजन टूरमा रहेको आर्सनलले फ्रान्सेली लिग वान क्लबसंग बराबरी खेलेको छ ।
बुधबार राति भएको खेलमा लण्डन क्लबले फ्रान्सको एन्जर्ससंग १–१ गोलको बराबरी खेलेको हो ।
१३ औ मिनेटमा फरिद एल मेललीको गोलबाट आर्सनलले अग्रता लिएको थियो । तर ५० औ मिनेटमा रीस नेल्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
दुवै टिमले नयाँ सिजनको तयारी स्वरुप मैत्रीपुर्ण फुटबल खेलेका हुन् ।