एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा डर्टमण्डले स्विस क्लब सेन्ट गल्लेनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
डर्टमण्डको जितमा जाकोब ब्रुन लार्सेनले दुई गोल गरे । यस्तै आच्रफ हाकिमी र मार्को रिउसले एक एक गोल गरे ।गल्लेनका मिलान भिलोटिकले एक गोल गरे ।
नयाँ सिजनको सुरुवात अघि प्रि-सिजन तयारी गर्न डर्टमण्डले गल्लेनसँग मैत्रिपूर्ण खेल खेलेको हो ।
