एजेन्सी । इंग्ल्याण्डका ब्याट्सम्यान तथा कप्तान जोय रुटले एसेस सिरिजमा तेस्रो नम्बरमा ब्याटिङ गर्ने भएका छन् ।
इंग्ल्याण्डको शीर्ष अर्डरको ब्याटिङमा समस्या आएपछि रुटले तेस्रो नम्बरमा ब्याटिङ गर्ने तयारी गरेको हो ।
रुटले गत वर्ष भएको भारतविरुद्धको चौंथो टेष्टपछि तेस्रो नम्बरमा ब्याटिङ गरेका छैनन् । तर, अष्ट्रेलियाविरुद्ध रुट पुन: तेस्रो नम्बरमा फर्कने भएका छन् ।
इंग्ल्याण्डले अगष्टमा घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध पाँच खेलको टेष्ट सिरिज खेल्दैछ । एसेस सिरिज अन्तर्गतको पहिलो टेष्ट अगष्ट १ बाट सुरु हुनेछ।
गत साता आयरल्याण्डविरुद्धको एक मात्र टेष्टमा अष्ट्रेलियाको शीर्ष अर्डरको ब्याटिङ निकै खराब देखिएको थियो । इंग्ल्याण्ड पहिलो इनिङ्समा मात्र ३८ रनमा अलआउट भएको थियो ।