• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सहज प्रतिद्वन्दी कतारसँग नेपाल सचेत
खेलपाटी संवाददाता
मंगलबार, साउन ७, २०७६ खेलपाटी संवाददाता
सहज प्रतिद्वन्दी कतारसँग नेपाल सचेत

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले भोलि (मंगलबार) कतारविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार विहान ७:१५ मा सुरु हुनेछ । र, कतारविरुद्ध मैदान उत्रदा उपाधि दाबेदार नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

आईसीसीको एकदिवसीय मान्यता प्राप्त राष्ट्र नेपाल प्रतियोगिताकै शीर्ष वरियता प्राप्त राष्ट्र हो । नेपाल आईसीसीको टी-ट्वान्टी वरियताको ११ औं स्थानमा रहेको छ । कतार भने २१ औं स्थानमा छ ।

आईसीसी वरियता हेर्दा नेपालले कतारलाई सहजै हराउने देखिएको छ । तर, कतारविरुद्ध नेपाल शतर्क भएर खेल्नेछ । किनकि कतार नेपालविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग पराजित भएको छ । 

हेड टु हेड -

नेपाल र कतारबीच हालसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा ४ एकदिवसीय र २ टी- ट्वान्टी खेल रहेको छ ।

४ एकदिवसीयमा ३ पटक नेपालले जितेको छ भने कतारले १ खेलमा जित निकालेको छ । यस्तै टी-ट्वान्टीमा नेपालले १ र कतारले १ खेल जितेको छ ।

पहिलो पटक नेपाल र कतार सन् २००१ को आईसीसी ट्रफीमा आमने सामने भएका थिए । २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले कतारलाई ३५ ओभर २ बलमा ८० रनको स्थितिमा अलआउट गर्दै १ सय ३० रनको फराकिलो जित निकालेको थियो ।

सन् २००४ को एसीसी ट्रफीमा कतारले नेपाललाई ४ विकेटले हराएको थियो । नेपालले दिएको १ सय ६४ रनको लक्ष्य कतारले ४६ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

सन् २००५ को विश्वकप छनोट अन्तर्गत डिभिजन-२ मा नेपाल ९८ रनले विजय भएको थियो । नेपालले दिएको १ सय ७६ रनको लक्ष्यसहित ब्याटिङ गरेको कतार २९ ओभर १ बलमा ७८ रन बनाउँदा अलआउट भएको थियो ।

सन् २००८ मा एसीसी इलाइट ट्रफीमा कतारले दिएको १ सय ७१ रनको लक्ष्य नेपालले ३७ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित निकालेको थियो ।

यस्तै नेपाल र कतारबीच टी-ट्वान्टीमा पहिलो पटक सन् २००७ को एसीसी टी-ट्वान्टी कपमा भएको थियो । उक्त खेलमा नेपाल कतारसंग ३ विकेटले पराजित भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २८ रन बनायो । नेपालका महेबुब आलमले ४० बलमा ४५ रन बनाए भने दिपेन्द्र चौधरीले ५० बलमा ४९ बनाउँदै अविजित रहे ।

जवाफी ब्याटिङमा आएको कतारले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । नेपालका शक्ति गौचनले ३ तथा आलमले २ विकेट हात पारे पनि टिमलाई जित दिलाउन सकेनन् ।

अन्तिम पटक नेपाल र कतार सन् २००९ को एसीसी टी-ट्वान्टीमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा नेपालले ६ विकेटको जित निकालेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको कतारले १९ ओभरमा अलआउट हुँदै ९६ रन बनाएको थियो । कतारलाई सस्तैमा समेट्न बसन्त रेग्मी र शक्ति गौचनले समान ३/३ विकेट लिएका थिए ।

कतारले दिएको ९७ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । यस्तै दिपेन्द्र चौधरी २८ रन जोडेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP