एजेन्सी । इजिप्टमा जारी अफ्रीका कप अफ नेसन्सको अन्तिम १६ बाट बाहिरिएपछि क्यामरुनले मुख्य प्रशिक्षक क्लरेन्स सिड्रोफलाई बर्खास्त गरेको छ ।
साविकको विजेता समेत रहेको क्यामरुन अन्तिम १६ मा नाइजेरियासँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।
यस्तै क्यामरुनले सहायक प्रशिक्षक प्याट्रिक्सलाई समेत बर्खास्त गरेको छ ।
क्यामरुनले सिड्रोफलाई गत बर्ष मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । नेदरल्याण्ड तथा रियल मड्रिडका पूर्व खेलाडी सिड्रोफले चार बर्षे सम्झौता गरेका थिए । तर, सिड्रोफ एक बर्ष मै बर्खास्तमा परेका छन् ।