एजेन्सी । म्यानेचष्टर युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायरले मिडफिल्डर पाउल पोग्बालाई क्लबमा नयाँ चुनौती दिन चाहेको बताएका छन् ।
क्लब छाड्ने तयारीमा रहेको पोग्बालाई प्रशिक्षक सोल्सायरले ओल्डट्राफोर्डमा नयाँ चुनौती दिन चाहेको प्रष्ट पारेका छन् । पोग्बा आफै समेत क्लब छाड्ने मनसायमा छन् ।
उनले नयाँ चुनौती लिने समय आएको भन्दै क्लब छाड्न चाहेको बताईसकेका छन् ।
'मेरोलागि सोच्दा, यो नयाँ चुनौती लिने राम्रो समय हो ।' फ्रान्सका स्टारले भनेका छन् ।
पछिल्लो महिना पोग्बाका एजेन्ट मिनो रायलाले समेत नयाँ गन्तव्यको बिषयमा छलफल अघि बढेको बताएका थिए । स्पेनिस महारथी रियल मड्रिड र युभेन्ट्सले पोग्बालाई अनुबन्धनको ईच्छा देखाईरहेका थिए ।

तर सोल्सायरले पोग्बाले नयाँ चुनौतीका लागि म्यानचेष्टर छोड्न नहुने बताएका हुन् ।
'म दुखी छैन । जो उनी बोलिरहेका छन् । हामीले धेरै छलफल गरेका छौ । हामीलाई थाहा छ, खासमा पोग्बा के चाहान्छन् भनेर । हामी उनलाई नयाँ चुनौती दिन चाहन्छौ ।' सोल्सायरले भनेका छन् ।
नर्वेजियन प्रशिक्षक सोल्सायरले कुनैपनि हालतमा पोग्बामा क्लबमा रहने बताएका छन् । उनले २६ बर्षका खेलाडीका लागि अहिलेसम्म कुनै प्रस्ताव नआएको बताएका छन् ।
'म निकै सचेत छु । म कुनै अनुमानित प्रश्नको उत्तर दिन सक्दिन तर हामीले अहिलेसम्म कुनै प्रस्ताव पाएका छैनौ ।' उनले भनेका छन् ।
'मैले पोग्बाको बिषयमा धेरै पटक भनेको छु । उनी उत्कृष्ट खेलाडी हुन् । महान खेलाडी हुन् । उनी कहिल्यै समस्यामा छैनन् ।' उनले थपे ।
म्यानचेष्टर युनाईटेडले गत सिजन निकै खराब नतिजा भोग्यो । उसले छैटौ स्थानमा रहदै लिगको अन्त्य गरेको थियो । उसले नयाँ खेलाडीको रुपमा ड्यानियल जेम्स र आरोन वान बिशाखालाई क्लबमा अनुबन्धन गरेको छ ।
सोल्सायरले खेलाडी सरुवा बजारमा युनाईटेडले गरेको खर्चबाट सन्तुष्ट देखिएका छन् ।
'मैले आरोन र जेम्सलाई चाहेको थिए । आरोन मेरो मुख्य लक्ष्य थिए ।' सोल्सायरले भने, 'जेम्सबाट धेरै ठुलो अपेक्षा छैन । तर उनी उत्कृष्ट खेलाडी हुन् ।'
युनाईटेड अहिले अष्ट्रेलियामा प्रि–सिजन टूरमा रहेको छ । उसले अष्ट्रेलियामा ६ खेल खेल्नेछ ।