एजेन्सी । टोटेनहमका डिफेन्डर किएरन ट्रीपियर स्पेनिस क्लब एट्लेटिको मड्रिड जाने भएका छन् ।
इन्ग्लिश डिफेन्डर ट्रीपियर र एट्लेटिको अनुबन्ध सम्झौता नजिक पुगेका छन् । एट्लेटिकोले ट्रीपियरलाई २० मिलियन पाउण्डमा अनुबन्ध गर्न लागेको बीबीसीले जनाएको छ । ट्रीपियर र क्लबबीच केहि दिनमा औपचारिक सम्झौता हुनेछ ।
२८ बर्षे डिफेन्डर ट्रीपियर सन् २०१५ मा बर्नलीबाट टोटेनहम आएका थिए ।
सम्झौतापछि राइट ब्याक ट्रीपियर यस सिजन एट्लेटिको आउने तेस्रो डिफेन्डर हुनेछन् ।