एजेन्सी । एभर्टनले मिडफिल्डर फेबियन डेल्फलाई म्यानचेष्टर सिटीबाट तीन बर्षका लागि अनुबन्धन गरेको छ ।
२९ बर्षका खेलाडीको सिटीसंग एक बर्षको सम्झौता बाँकी रहेको अवस्थामा एभर्टनले क्लबमा अनुबन्धन गर्न सफल भएको हो ।
प्रिमियर लिग च्याम्पियन सिटीका मिडफिल्डर पछिल्लो समय स्विस क्लबसंग जोडिएका थिए ।
एस्टन भिल्लाका पुर्व खेलाडी समेत रहेको डेल्फले ईङ्ल्याण्डको राष्ट्रिय टिमबाट विश्वकप र युईएफए नेसन्स लिगको फाईनलमा सहभागीता जनाएका थिए ।
डेल्फले सन् २०१७-१८ को सिजनमा २२ पटक प्रिमियर लिगको खेलमा मौका पाएका थिए । उनी नियमित रुपमा सिटीमा स्थान बनाउन संघर्षरत देखिएका छन् । सिटीले कीर्तिमानी मुल्य ६० मिलियन पाउण्डमा एट्लेटिको मड्रिडबाट रोड्रीलाई क्लबमा ल्याएपछि उनीले विस्तारै आफ्नो स्थान गुमाउदै गएका थिए ।

‘म जुन क्लबमा थिए । त्यसमा सफलता मिलेको छ । खासमा पछिल्लो दुई सिजनमा । तर पछिल्लो चार बर्ष हामी उपाधि जित्नमा सफल रह्यौ ।’ उनले एभर्टनको वेव साईटमा बताएका छन् ।
एभर्टनले गत सिजन आठौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । उसले पोर्चुगलका मिडफिल्डर आन्द्रे गोम्सलाई गत जुनमा क्लबमा अनुबन्धन गरेको छ । मुख्य प्रशिक्षक सिल्भाले डेल्फको अनुबन्धनसंगै उनलाई टिममा जोडिएको बताएका छन् ।
‘जब हामी टिममा नयाँ खेलाडी लिएर आउछौ । केही चिज देखेरै लिएर आएका हुन्छौ । उनी उच्चस्तरका खेलाडी हुन् ।’ प्रशिक्षक सिल्भाले भनेका छन् ।