बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओली, सिलवाल अनि सदस्य सचिव !

मंगलबार, २४ असार २०७६हिम बिक्रम केसी
ओली, सिलवाल अनि सदस्य सचिव !

सिंहदरबारमा राखेप सदस्य सचिवमा नियुक्ती भएपछि बधाइ लिदै रमेश सिलवाल । फोटो : गिता राई ।

Loading ad...
mustang rice ad

काठमाडौं । एक समय केपी ओली पाटी राजनीतिमा निकै कमजोर मानिन्थे । तत्कालिन एमालेभित्र एउटा सानो समुहको नेतृत्व गर्थे । अंक गणितका हिसावमा उनी एमालेका प्रतिपक्ष नेता जस्तै थिए । राजनीतिक हिसावमा उनको समूह कमजोर अवस्थामा थियो । समूहलाई फराकिलो बनाउन सकिरहेका थिएनन् । तल्लो तहका कार्यकर्तामा उनको पकड थियो । तर केन्द्रिय राजनीतिमा अंक गणितले त्यसलाई संरक्षण गर्न सक्दैन थियो । त्यही समयमा हो, मदन भण्डारी फाउण्डेशनले आकार लिएको । त्यसैको जगमा हो, मदन भण्डारी स्पोर्ट्स एकेडेमी गठन भएको ।

श्रद्वेय नेता मदन भण्डारीको नाममा फाउण्डेशन गठन भएपनि त्यसको भित्री उद्वेश्य कार्यकतालाई राजनीतिक रुपमा जोड्नु थियो । आफ्नो समूहको राजनीतिक गतिविधि सञ्चालन गर्नु थियो । स्पोर्ट्स एकेडेमीले खेलकुदलाई आधार बनाएकाे थियो ।

एकेडेमीको संस्थापक अध्यक्षको जिम्मेवारी पाए, रमेश सिलवालले । उनै सिलवालले एकेडेमीमार्फत खेलकुदमा एमालेको प्रतिपक्ष समूहको उपस्थिती बढाए । पाटी राजनीतिमा माधव नेपाल र झलनाथ खनाल समूहले दबदबा कायम राख्दा खेलकुद राजनीतिमा ओली समूहको आफ्नै विरासत खडा गर्यो । त्यस विरासत खडा गर्ने ‘कमाण्डर’ अरु कोही नभएर सिलवालनै थिए ।

सिलवाल पाटी राजनीतिमा भने निकै अघिबाट सक्रिय थिए । तत्कालिन एमालेको भातृ संगठन युवा संघमा केपी ओली अध्यक्ष हुदाँ उनले सचिवको जिम्मेवारीमा काम गरेका थिए । पछि उनी उपाध्यक्षसम्म भए । नीजि कलेज सञ्चालन गरेर शिक्षा क्षेत्रमा समेत प्रसस्त नाम दाम कमाएका सिलवाल ओलीका राजनीतिक जिवनका सहयात्री बने ।

सदस्य सचिवको दौड

राखेपको सदस्य सचिव सिलवालको पहिलो रोजाईको ठाँउ होइन । शिक्षा क्षेत्रको लामो अनुभवले उनी आफै कुनै विश्वविद्यालयको उप कुलपति बन्न आँखा डुलाई रहेका थिए । तर अवस्था उनी अनुकुल बनिरहेका थिएन । नयाँ सदस्य सचिवका लागि भर्खरै चार बर्षे कार्यकाल सकेका केशवकुमार विष्ट, उपाध्यक्ष पिताम्बर तिम्सिना, शिव कोईराला र दानबहादुर तामाङ लगायतले लबिङ तिव्र पारेका थिए ।

उपाध्यक्षमा थन्काईएका तिम्सिनालाई प्रधानमन्त्री ओलीले सुरुमै ‘रेड कार्ड’ देखाईसकेका थिए । तिम्सिनालाई उपाध्यक्ष पदनै बढी भएको भन्दै थप ‘कचकच’ नगर्न चेतावनी दिईसकेका थिए । पाटी सह–अध्यक्ष प्रचण्डले सिफारिस गरेका तामाङको नामलाई बालुवाटारले खासै गम्भिर रुपमा लिएन । तत्कालिन माओवादीभित्र प्रचण्ड विरोधी भनेर चिनिने कोईरालालाई लिएर एमालेकै प्रभावशाली नेताले बालुवाटारमा तिव्र लबिङ गरिरहेका थिए ।

तर सबैभन्दा बलिया प्रत्यासीका रुपमा केशवकुमार विष्ट अगाडी थिए । सबै शक्ति केन्द्रलाई मिलाउन सफल विष्टका पक्षमा बालुवाटार बाहेक सबै पक्ष सकारात्मकनै थिए । साग गर्ने सर्तमा कम्तीका प्रतियोगिता सम्मका लागि खेलकुद मन्त्रीले समेत उनलाई ‘ग्रिन सिग्नल’ देखाएका थिए । अझ सत्ता राजनीतिमा प्रभावशाली देखिदै आएको शितल निवासबाटै विष्टको नाम सिफारिस भएपछि प्रधानमन्त्री समेत दबाबमा परे ।

राज्यका सबै शक्तिशाली अंगलाई आफु मातहत ल्याउन सफल प्रधानमन्त्री ओली भने खेलकुदमा आफ्नै कमाण्डर खटाउन चाहन्थे । उनी यस्ता पात्रको खोजीमा थिए, जो पात्रसंग सितल निवास समेत सकारात्मक रहोस ।

युवा संघका उपाध्यक्ष गोबिन्द थापादेखि मोरङ जिल्लाका पार्टी अध्यक्ष विनोद ढकाललाई उनले सम्भावित सुचिमा थिए । जिल्ला अध्यक्षबाट राजीनामा दिन लगाईएका बिनोदले यसपटक राखेपमा अल्झिन चाहेनन् । बिनोट जिल्ला ईन्चार्ज हुदै राष्ट्रिय सभाको सांसद बन्ने तयारीमा छन् । अनि थापाको बिषयमा ओलीले निर्णय लिन सकेनन् ।

नयाँ सदस्य सचिवका लागि आँखा डुलाई रहेका ओलीको विकल्पमा सिलवाल जत्तिको उपयुक्त पात्र अरु थिएनन् । उनी आफैले सिलवाललाई बोलाएर सदस्य सचिवको रुपमा तयारी अवस्थामा रहन आग्रह गरे । सिलवालले समेत जानै परे ओलीसामु केही शर्तहरु तेर्साए ।

उनले सुरुमै राज्य मन्त्री सरहको हैसियतमा सदस्य सचिवको नियुक्तीको माग गरे । नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको सदस्य सचिवको अहिलेसम्म पर्यादाक्रम तोकिएको छैन। खेलकुदमा राज्यको लगानी निकै कम रहेको भन्दै उनले प्रधानमन्त्रीबाट आवश्यक बजेटको व्यवस्थाको सुनिश्चिता खोजे । उनले सागको आयोजना लगायत खेलकुदको काम अघि बढाउन धेरै प्रक्रियागत झन्झट रहेको भन्दै फास्ट ट्रायक विधि अपनाउने अधिकार प्रधानमन्त्रीसंग माग गरे ।

लगत्तै एक कार्यक्रमका लागि भन्दै चीनको भ्रमणमा निस्किए ।

यता घरेलु खेलकुदको कार्यकारी निकाय नेतृत्व विहिन हुदाँ सरकारमाथि दबाब बढेको थियो । साथै शक्ति केन्द्रको रस्साकस्सी समेत पेचिलो बन्दै थियो । त्यही अवस्थामा चीन भ्रमणमा रहेका सिलवाललाई ओलीले फोन घुमाए । अनि सदस्य सचिवको जिम्मेवारी लिन निर्देशन दिए । ओलीले एक तीरबाट दुई सिकार गरे । उनले त्यस्ता पात्रलाई घरेलु खेलकुदको बागडोर सुप्पे, जो सितल निवासको सुख दुखको सधै सारथी थियो ।

बिष्टको असफल प्रयास 

चार बर्षे कार्यकाल सकिन नपाउँदै सदस्य सचिव विष्टले सोही पदमा दोहरिन लबिङलाई तिव्र पारेका थिए । आफ्नो कार्यकालमा सितलनिवाससंग राम्रो सम्बन्ध बनाउन सफल उनले पाटी भित्र र बाहिर समेत सबैलाई आश्वस्त पार्न सफल भएका थिए । तर उनले लबिङमा बालुवाटार कुनै हालतमा ‘कन्भिन्स’नै हुन सकेन ।

नियुक्ती देखिनै विरोध गर्दै आएका प्रधानमन्त्री ओलीले विष्टलाई स्विकार गर्नै चाहेनन् । प्रधानमन्त्रीको आशय बुझेका कसैलेपनि विष्टको पक्षमा बोल्न सकेनन् । सागसम्म भएपनि नियुक्ती दिन सहमत बनेका खेलकुद मन्त्रीसमेत अन्तिम समयमा पछाडी हटे ।

राजनीतिक नियुक्तीमा आफ्ना गुट बाहेकका कार्यकर्ता देख्नै नसक्ने भनेर प्रधानमन्त्री ओली पाटी भित्रै आलोचित छन् । नेकपाको स्थायी कमिटि बैठकमा घनश्याम भुसालले रगत, डीएनए परिक्षण गरेर मात्र गुटका आधारमा प्रधानमन्त्रीले नियुक्ती र जिम्मेवारी दिने गरेको गुनासो गरेकै थिए । राखेप सदस्य सचिव नियुक्तीमा प्रधानमन्त्री ओलीकाे नियुक्तीले त्यसलाई थप पुष्टि गरेकाे छ ।

 

पौडेलले चुकाएको मुल्य 

सरकारको नेतृत्व तत्कालिन समयमा कांग्रेसबाट शुशील कोइरालाले गरेका थिए । खेलकुद मन्त्रीमा एमालेबाट पुरुषोत्तम पौडेल थिए । खेलकुद महासंघका अध्यक्ष समेत रहेका पौडेलले सदस्य सचिवमा विष्टलाई नियुक्त गरेका थिए । विष्ट नियुक्तीको पाटी अध्यक्ष केपी ओलीले ठुलो विरोध जनाए । ओलीले सदस्य सचिव नियुक्तीको प्रक्रिया तत्काल सच्चाउन खेलकुद मन्त्रीलाई निर्देशन दिए ।

माधव नेपाल समुहबाट मन्त्री बनेका पौडेलले पाटी अध्यक्ष ओलीको निर्देशन मान्न नसकिने जवाफ फर्काए । त्यसपछि प्रतिकुल अवस्था सिर्जना गरेर पौडेललाई मन्त्रीबाट राजीनामा दिन बाध्य पारियो । अनि असक्षम सदस्य सचिव नियुक्ती गरिएको भन्दै विष्टलाई समेत राजीनामा गर्न भनियो । तर ओलीको गुटगत कार्यशैलीबाट आजित बनेको नेपाल समुह ‘गर वा मर’को अवस्थामा विष्टको पक्षमा उत्रिन पुग्यो । नेपाल समुहसंग अन्तरद्वन्द थप बढ्ने देखिएपछि ओली तत्काल सदस्य सचिव नियुक्तीकाे विरोधबाट पछाडी हट्न बाध्य भए ।

तर उनमा पौडेल र विष्टमाथिको तुष भने मेटिएन । चार बर्षे विष्टको कार्यकालमा ओली कुनैपनि खेलकुद कार्यक्रममा उपस्थित भएनन् । न त उनले बालुवाटारमा विष्टलाई भेट नै दिए । विष्टले सरकार र पाटीको अभिभावकको रुपमा ओलीसंग कहिल्यै संवादनै गर्नै पाएनन् ।

सदस्य सचिवको नियुक्ती बदर गर्न अस्विकार गर्ने पौडेललाई भने ओलीले छाडेनन् । संघीय संसदको टिकट वितरणमा पौडेललाई बाहिर राखियो । बरु एमाले बाराका दुई संसदीय सिट गुमाउन तयार भयो तर पौडेललाई टिकट दिन अस्विकार गर्यो । पाटी एकीकरणपछि पौडेललाई केन्द्रिय समिति सदस्यमा समेत समेट्न पाटी नेतृत्वले उचित ठानेन । सदस्य सचिवमा विष्ट नियुक्तीको सबैभन्दा ठुलो हानी पौडेलको राजनीतिक जिवनमा पर्यो ।

सिलवाल नियुक्तीको अर्थ 

सिलवाललाई नियुक्त गरेर प्रधानमन्त्री ओलीले प्रष्ट सन्देश दिन खोजेका छन्, खेलकुदमा ओली सरकारको गम्भिर चासो छ । सरकारको त्यो चासो अब सिलवालमार्फत सम्बोधन हुनेछ । सदस्य सचिवको कार्यभार सम्हाले लगत्तै सिलवालले पनि भने, ‘खेलकुदको बिषयमा मेरो र प्रधानमन्त्रीको कुरा मिलेको छ ।’ अर्थात, सिलवाल जे चाहन्छन्, प्रधानमन्त्री पुरा गर्न तयार छन् ।

राज्यको औपचारिक जिम्मेवारीबाट बाहिर रहेपनि खेलकुदबारे सिलवाल जानकार मानिन्छन् । तर विस्तारै काम गर्छु भन्ने छुट उनलाई छैन । सागको आयोजना मुखैमा छ । राखेपको भद्रगोल अवस्था र खेलकुदमा बल्झिरहने विवादबारे उनी जानकारनै छन् ।

शिक्षा क्षेत्रमा बर्षेनी झण्डै एक अर्ब बढीको ब्यापार गर्ने उनलाई राखेपको तीन अर्बको बजेट खासै ठुलो रकम नि होईन । तर सदस्य सचिवको नियुक्तीपछि उनले व्यवसायीक जिवनमा जोखिम मोल्न चाहेको प्रष्ट संकेत गरेका छन् । र प्रष्टसंग भनेका छन्, ‘म जागिर खान राखेप आएको होईन । बोलेर भन्दा एक्सनले नतिजा दिन चाहन्छु ।’

अब सिलवालसंग नेपाली खेलकुदको कुरा यहाँ नेर आएर मिलेको छ । नेतृत्वका लम्बेतान भाषण र आश्वासन नेपाली खेलकुदको नियति हो, सिलवालको आगमनमा नेपाली खेलकुदले त्यही ‘एक्सन’को माग गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा