नाडाल विम्बल्डन टेनिसको क्वाटरफाइनलमा
मंगलबार, असार २४, २०७६खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस स्टार रफायल नाडाल विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको खेलमा पोर्चुगलका जोआ सौसालाई पराजित गर्दै नाडाल क्वाटरफाइनलमा पुगेका हुन् । तेस्रो वरियताका नाडालले सौसालाई ६-२,६-२ र ६-२ को सेटमा पराजित गरे ।
अब ३३ बर्षे नाडालले अमेरिकाका साम क्वेरीसँग खेल्नेछन् ।
महिलातर्फ सेरेना विलियम्स र सिमोना हालेपले क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)








