एजेन्सी । सेनेगल अफ्रिका कप अफ नेसन्सको क्वाटरफाईनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको अन्तिम १६ को खेलमा युगान्डालाई १–० गोल अन्तरले हराउँदै सेनेगल प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो ।
सेनेगलको जितमा एक मात्र गोल साडियो मानेले गरे । उनले एक पेनाल्टी खेर फालेका थिए । तर १५ औ मिनेटमा उनले गरेको गोल सेनेगललाई क्वाटरफाईनलको यात्रा तय गराउन पर्याप्त रह्यो ।

सेनेगलले अब क्वाटरफाईनलमा बेनिनसंग प्रतिस्पर्धा गर्नेछ । जसले मोरक्कोलाई स्तब्ध पार्दै अन्तिम ८ को यात्रा तय गरेको थियो । दुवै टिम जुलाई १० मा कायरोमा भिड्नेछन् ।
पेनाल्टीको अवसर खेर फालेपनि माने प्रतियोगिताको सर्वाधिक गोलकर्ताको दौडमा अगाडी छन् । उनले प्रतियोगितामा आफ्नो गोल संख्या तीन पुर्याएका छन् ।
तलबको विवादका कारण युगान्डाका खेलाडीले क्वाटरफाइनलकाे तयारी गर्न पाएका थिएनन् । सोही कारण खेलाडीले मंगलबारको अभ्यास बहिष्कार गरेका थिए ।