एजेन्सी । चेल्सीका नवनियुक्त प्रशिक्षक फ्रान्क लाम्पार्डले पुर्व क्लबमा प्रशिक्षकको भुमिकामा फर्कनुलाई करियरकै सबै भन्दा ठुलो चुनौतीको रुपमा ब्याख्या गरेका छन् ।
४१ बर्षका ईङ्ल्याण्डका पुर्व मिडफिल्डरलाई चेल्सीले बिहिबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनले १३ बर्ष लण्डन क्लब चेल्सीमा बिताएका थिए ।
लाम्पार्डले च्याम्पियनसिप क्लब डर्बी काउन्ट्रीबाट ब्यवसायीक फुटबल करियर अघि बढाएका थिए । प्रशिक्षकको रुपमा १४ महिना बिताएका उनी प्रिमियर लिगको उत्कृष्ट मध्यको एक क्लब चेल्सीको जिम्मेवारी पाएका हुन् ।
‘म अनुभवहिन पनि होईन । म बुझ्छु, प्रशंसकहरु सफलता चाहन्छन् । मैले यसलाई जोखिमको रुपमा देखिन । म तलैबाट डराउने खालको हैन ।’ उनले भनेका छन् ।
स्टामफोर्ड ब्रिजको नेतृत्वमा आएका लाम्पार्ड चेल्सीका लिजेण्ड व्यक्तित्व हुन् । उनी क्लबका सदाबहार गोलकर्ता हुन् । प्रशिक्षकको रुपमा चेल्सी फर्कनुलाई उनले ठुलो चुनौतीको रुपमा ब्याख्या गरेका छन् ।
‘१९ बर्ष अघि यहाँ आउनु चुनौती थियो । मसंग रेडियो थियो । र केही मानिस प्रश्न गरिरहेका थिए, के ११ मिलियन पाउण्डका लागि म यहाँ हुन आवश्यक छ ।’ उनले भने,
‘मलाई लाग्छ, अन्तिम बर्ष निकै चुनौतीपुर्ण रह्यो ।’



लाम्पार्डले चेल्सीबाट ६ सय ४९ खेल खेलेका छन् । उनले सन् २०१७ को फेब्रुअरीमा खेल जिवनबाट सन्यास लिएका थिए । उनले सन् २०१८ मे मा डर्बी क्लबबाट ब्यवसायीक फुटबल प्रशिक्षण करियर सुरु गरेका थिए ।
उनको क्लब च्याम्पियनसिपको छैटौ स्थानमा रहेको थियो । चेल्सीको मुख्य प्रशिक्षकमा आएका लाम्पार्ड आफैपनि निकै जोखिममा छन् । क्लबले पछिल्ला चार बर्षमा चार फरक प्रशिक्षकलाई चेल्सीको नेतृत्व सुम्पिएको छ ।
लाम्पार्डले भने, ‘मलाई थाहा छ, यो प्रश्न आउनेछ । म यो बुझ्न सक्छु ।’
‘म के कुरामा विश्वास गर्छु भने मैले खेल जिवनमा निकै उत्कृष्ट प्रशिक्षकको नेतृत्वमा खेल्न पाए । धेरै कुरा सिक्न पाए । मलाई लाग्छ, यो नै मेरा लागि राम्रो रह्यो ।’ उनले भने, ‘मैले डर्बीमा धेरै सिक्न पाए । क्लबले कसरी काम गर्छ भन्ने जान्ने मौका पाए । तर मैले आफुलाई प्रमाणित गर्न छ ।’
चेल्सीले पछिल्लो सिजन शीर्ष चार भित्र रहदै प्रिमियर लिगको अन्त्य गरेको थियो । प्रशिक्षक माउरिजियो सर्री नेतृत्वमा उसले युरोपा लिगको उपाधि उचालेको थियो । उनी अहिले ईटालिनय क्लब युभेन्ट्स लागेका छन् ।
लाम्पार्डले आगामी सिजनका लागि तत्काल कुनै लक्ष्य नभएपनि शीर्ष चारमा रहदै लिगको अन्त्य गर्नु सबैको अपेक्षा रहेको स्विकारेका छन् ।