एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर एण्डर हरेरा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन् ।
स्पेनिस मिडफिल्डर हरेरालाई फ्रेन्च लिग च्याम्पियन पीएसजीले पाँच बर्षको लागि अनुबन्ध गरेको हो । हरेरालाई पीएसजीले बिहिबार सार्वजनिक समेत गरेको छ ।
पीएसजीमा उनले २१ नम्बरको जर्सी लगाउने छन् । हरेरा फ्रेन्च क्लबमा सन् २०२४ सम्म रहने छन् ।
२९ बर्षिय हरेरा सन् २०१४ मा एटिको बिल्बाओबाट युनाईटेड आएका थिए । उनले युनाईटेडबाट युरोपा लिग, एफए कप र काराबाओ कप जितेका थिए ।