काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगर रहेको टिसी स्पोर्टस क्लब माल्दिभ्सको धिवेही प्रिमियर लिगमा पराजित भएको छ ।
बिहिबार भएको खेलमा टिसी माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनसँग १-० गोल अन्तरले पराजित भएको हो । माजियाको जितमा इब्राहिम हुसेनले निर्णायक गोल गरे ।
माजियाविरुद्धको खेलमा विमल पहिलो रोजाईमा मैदान उत्रिएका थिए ।
यो बराबरीसँगै टिसीले ४ खेलबाट ७ अंक जोडेको छ ।