एजेन्सी । इटालीका पुर्व कप्तान तथा गोलकिपर जियानलुइजी बुफोन इटालियन क्लब युभेन्ट्स फर्किएका छन् ।
गत सिजन क्लब छाडेका लिजेण्ड बुफोन एक सिजन पछि नै क्लब फर्किएका हुन् । बुफोन गत सिजन फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका थिए ।
पीएसजीमा एक सिजन बिताएपछि बुफोन पुरानै क्लब युभेन्ट्स फर्किएका हुन् । बुफोनले युभेन्ट्ससँग एक वर्षे सम्झौता गरेका छन् ।
बुफोनले यसअघि युभेन्ट्समा १७ बर्ष बिताएका थिए । युभेन्ट्स फर्किएपछि ४१ बर्षीय बुफोनले यस क्षण आफ्नो करियरकै उत्कृष्ट क्षण भएको बताए ।
बुफोनले यसअघि युभेन्ट्सबाट १ हजार ५० खेल खेलेका छन् । जसमा ९ सिरी ए, ५ कोप्पा इटालिया र समान १ - १ पटक यूएफा कप र क्लब विश्वकप जितेका छन् ।
पर्माबाट करियर सुरु गरेका बुफोन सन् २००१ मा युभेन्टस आएका थिए । बुफोनले दुई बर्ष अघि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।