काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो ‘एल क्लासिको’ अक्टोबरमा हुने भएको छ ।
स्पेनिस ला लिगाले सार्वजनिक गरेको नयाँ सिजन सन् २०१९/२० को खेल तालिका अनुसार मड्रिड र बार्सिलोनाबीचको पहिलो ’एल क्लासिको’ भिडन्त अक्टोबरमा तय भएको हो ।
ला लिगाको पहिलो ‘एल क्लासिको’ अक्टोबर २७ गते हुनेछ । जुन बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
यस्तै सिजनको दोस्रो ‘एल क्लासिको’ मार्च १ मा हुनेछ । दोस्रो ’एल क्लासिको’ रियलको घरेलु मैदानमा हुनेछ ।
स्पेनिस ला लिगाको नयाँ सिजन भने अगस्ट १८ बाट सुरु हुने छ । सिजनको पहिलो दिन १० खेल हुने छ ।
पहिलो खेलमा च्याम्पियन बार्सिलोनाले एथलेटिको बिल्बाओसँग खेल्नेछ । यस्तै रियल मड्रिडले सेल्टाको सामना गर्ने छ ।